मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युक्रेमाथि रुसी हमला: जर्मनीले युक्रेनलाई हतियार सहायता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः युक्रेनमाथि रुसले चौथो दिन पनि हमला गरेकाे छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेकाे छ।

बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत भएकाे रष्ट्रसंघले अनुमान गरेकाे जनाएको छ। तर, यो संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ।

पूर्वी युक्रेनको दाेनेतस्क क्षेत्रमा ४० भन्दा बढी युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको विवरणहरु सार्वजनिक भएका छन् ।

चार देशसँग हवाई क्षेत्र बन्द 

रुसले लिथुआनिया, लातभिया, इस्टोनिया र स्लोभेनियाका विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

उता, जर्मनीले युक्रेनलाई एक हजार हतियार, पाँच सय ‘स्टिङगर’, र सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरेको छ। रुसी ट्या‌ंककाे प्रतिकार गर्न  जर्मनीले साे सहयाेग प्रदान गर्ने भएकाे हाे ।

जर्मनीले रुससँगको हवाइ उडान पनि रद्द गर्ने भएको समाचार एजेन्सी एएफपीले जनाएकाे छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार