काठमाडौंः प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आ-आफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया