असार २३, २०८२ सोमबार July 7, 2025

१५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब रुपैयाँ नाफा कमाउनु स्वभाविक : अर्थमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । १५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब रुपैयाँ नाफा कमाउनु स्वभाविक नभएको उनले बताएका छन ।

कृषि विकास बैंकको ५३ औं वाषिर्कोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताएका छन ।
‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाडनु पर्‍यो भनेपनि २ अर्ब भन्दा बढी नाफा त गर्नै पर्‍यो, बैंकको नाफा २ अर्ब भएपछि व्यवसायीक साथिहरुलाई आँखा लाग्छ, ओहो १ २-२ अर्ब नाफा, ३-३ अर्ब नफा ४-४ अर्ब नाफा भन्ने अनि पूँजी कति छ हिसाब नगरिदिने ?’ उनले भने ।

उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुने समेत बताएका छन । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने उनको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा जाने संख्या पनि घटाउ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ, व्यापार घाटा एकदमै कम गर, राजश्व पनि एकदमै धेरै बढाईहाल, निक्षेपको ब्यज धेरै देउ, कर्जाको ब्याज त्यो भन्दा कम राख भन्ने कुराहरुले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौं,’ खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरेका छन । उनले कृषि विकास बैंकले १० लाख भन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पस्ट हुने बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनुपर्ने बताएका छन ।

खतिवडाले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय नै भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहायोग गर्नेगरी ऋण लगानी गर्न आग्रह समेत गरेका छन ।

अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्र दक्षिण एशियामै उत्कृष्ट भएको समेत बताएका छन । उनले निष्कृय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवाहरुलाई अवसर दिन आग्रह गरेका छन।

उनले वित्तीय क्षेत्रमा आएको प्रतिस्प्रधात्मक सुधारको अवस्थाले यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएको समेत बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया