असार २२, २०८२ आइतबार July 6, 2025

किभबाट १३७७ भारतीयको उद्दार, अझै १६ हजार विद्यार्थी युक्रेनका अन्य सहरमा अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युद्धग्रस्त युक्रेनबाट भारतले पछिल्लो २४ घन्टामा आफ्ना १३७७ नागरिकहरुको उद्दार गरेको छ । विदेशमन्त्री एस जयशंकरले बुधबार सो जानाकारी दिएका हुन् । ‘पोल्याण्डबाट पहिलो उडानसहित पछिल्लो २४ घण्टामा भारतका लागि ६ उडानहरू प्रस्थान गरेका छन् । युक्रेनबाट थप १३७७ भारतीय नागरिकलाई फिर्ता ल्याइएको छ,’ जयशंकरले एउटा ट्विटमा भनेका छन् ।

युक्रेनमा रहेका नागरिकहरूलाई बाहिर निकाल्न सुरु गरिएको अपरेशन गंगाअन्तर्गत भारतले आगामी तीन दिनमा २६ वटाभन्दा बढी उडानहरू सञ्चालन गर्नेछ । युक्रेनको हवाई क्षेत्र बन्द भएपछि रोमानिया, हंगेरी, पोल्याण्ड र स्लोभाक गणतन्त्रका विमानस्थलहरु भारतीयहरूलाई उडान भर्न प्रयोग भइरहेका छन् ।

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले युक्रेनको राजधानी किभमा कुनै पनि भारतीय बाँकी नरहेको बताएका छन् । रूसले धेरै शहरहरूमा सर्वसाधारणको बसोबास गर्ने क्षेत्रहरूमा आक्रमण सुरु गरेको छ । राजधानी किभका बासिन्दाहरूलाई आफ्ना घर छोड्न आग्रह गरेको छ ।

रुसी सेनाका बख्तरबन्दका ठूला लाम राजधानी किभतर्फ बढेसँगै राजधानी किभ छोड्ने मानिसहरुको संख्या बढेको छ । अमेरिकास्थित स्पेस टेक्नोलोजि कम्पनीले सार्वजनिक गरेका तस्विरहरुमा सयौं ट्यांक, तोप, बख्तरबन्द, र सैन्य हतियार बोकेका सेनाका गाडी राजधानीतर्फ बढिरहेका देखिन्छन् ।

१६ हजार विद्यार्थी अझै अलपत्र

करिव १६ हजार भारतीय विद्यार्थी अझै पनि युक्रेनमा बिचल्लीमा छन् । रुसी फौजले युक्रेनमाथि हमला सुरु गरेपछि अलपत्र परेका विद्यार्थीले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यमहरुबाट सहयोगको याचना गरिरहेका बताइन्छ ।

सोमबार रुसी सेनााले गरेको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो । मंगलबार मात्र सरकारले सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छोड्न अनुरोध गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार