मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा सक्रिय सङ्क्रमितको संख्या ७ हजार ७७०मात्रैः बुधबार १२३ जनामा सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा १२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार छ हजार ८७४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १२७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा तीन लाख पाँच हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ७७०जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया