मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

रुसी आक्रमणकाे हप्ता दिनमै १० लाख युक्रेनी विस्थापितः संयुक्त राष्ट्रसंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः रुसले आक्रमण थालेयता युक्रेनबाट १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार युद्धबाट जोगिनका लागि १० लाखभन्दा बढी युक्रेनी छिमेकी देशहरुमा शरण लिन पुगेका हुन्।

हप्ता दिनभित्रै यति ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका हुन्। रुसले गएको बिहीबार (फेब्रुअरी २४) मा युक्रेनमाथि आक्रमण थालेको हो।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीटमार्फत जारी गरेको वक्तव्यमा भनिएको छ, ‘१० लाख युक्रेनीले देश छोडेका छन्। युक्रेनमै रहेका दशौँ लाखलाई मानवीय सहायता सामग्री प्रदान गर्नका लागि बन्दुक रोकिनुपर्छ।’

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले रुसी आक्रमणका कारण एक करोड २० लाखभन्दा बढी युक्रेनी विस्थापित हुने आँकलन गरेको छ। उनीहरुका लागि राहतको जोहो गरिनुपर्ने नियोगको भनाइ छ।

युद्धबाट जोगिनका लागि सबैभन्दा धेरै युक्रेनी छिमेकी देश पोल्याण्ड पुगेका छन्। त्यहाँ पाँच लाखभन्दा बढी युक्रेनीले शरण लिएका छन्। यस्तै रोमानिया, स्लोभाकिया, हंगेरी, माल्डोभासहितका देशमा पनि ठूलो संख्यामा युक्रेनी पुगेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार