भाद्र ३, २०८३ बुधबार August 19, 2026

संघीय संसद्को उपसभामुख र उपाध्यक्ष दुबै पद रिक्त, उपाध्यक्ष आजबाट बिदा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुबै पद रिक्त हुन पुगेका छन् ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजिनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष सशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुबै पद रिक्त हुन पुगेका हुन् ।

‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् ।

एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक व्यवस्थाका कारणले समेत  सभामुखमा इच्छुक तुम्वाहाम्फेलाई अन्ततः संघीयमन्त्री बनाउने सर्तमा राजीनामा दिन लगाइएको थियो ।

दुई वर्ष अघि नै उनले सो राजीनामा दिएको भए पनि संघीय संसदका राजनीतिक दलबीच सहमति हुन नसक्द सो पद रिक्त हुँदै आएको थियो ।

उपसभामुख पद दुई वर्षदेखि रिक्त भइरहेका बेला आजबाट राष्ट्रियसभा उपाध्यक्षको पद पनि रिक्त हुन लागेको हो । राष्ट्रियसभाका नवनिर्वाचित सांसदले गोलाप्रथामार्फत आफ्नो कार्यकाल चयन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण ४ असार २०७५ मा भएको ‘निर्वाचन प्रक्रिया’ को क्रममा उपाध्यक्ष दाहालले चार वर्षे कार्यकाल चयन गरेकी थिइन् ।

उपाध्यक्ष दाहालले चिठ्ठामार्फत् चयन गरेको कार्यकाल आजै अर्थात् २० फागुनमा सकिने भएपछि सो पद स्वतः रिक्त हुन लागेको हो । उनीसँगै आजैबाट २० सांसदको पद पनि स्वतः रिक्त हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार