असार २२, २०८२ आइतबार July 6, 2025

रुसी गुप्तचर एजेन्सी नै युक्रेन युद्धको विपक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो एक सातामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तीन पटक हत्या प्रयास भएको खुलासा भएको छ ।

बेलायतको द टाइम्स अखबारले यस्तो दाबी गर्दै समाचार छापेको हो । सनसनीपूर्ण खुलासाअनुसार रुसी गुप्तचर एजेन्सीले नै युक्रेनी राष्ट्रपतिको हत्या प्रयास विफल बनाएको बताइएको छ ।

रुसी गुप्तचर एजेन्सी एफएसबीका वरिष्ठ अधिकारीहरु आफैँ युक्रेन युद्धको विपक्षमा रहेकाले उनीहरुकै सहयोगमा उनको हत्या प्रयास असफल भएको समाचारको दाबी छ ।

यसअघि आएका समाचारमा रुसले युक्रेनी राष्ट्रपतिको हत्या गर्न रुसले वाग्नर ग्रुप नामक निजी सैनिक कम्पनीका भाडाका ४ सय लडाकु परिचालन गरेको जनाइएको थियो ।

युक्रेनी सुरक्षा अधिकारीहरुले पनि जेलेन्स्कीको हत्या प्रयास विफल बनाइएको बताउँदै आएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार