असार २३, २०८२ सोमबार July 7, 2025

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।

“हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं,” राजनीतिक मामिलाका उप-महासचिव रोजमेरी डिकार्लोले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा उल्लेख गर्नु भएको छ।

उनले भनिन् कि संयुक्त राष्ट्रसंघले बुझेको छ कि दुई पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको छ।

“हामी आशा गर्छौं यो रिपोर्ट गरिएको सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विना शर्त युद्धविराममा छिट्टै सहमति हुनेछ,” डिकार्लोले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न आग्रह गरेको छ।

रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरू व्यवस्थित गर्न सहमत भएका थिए।

“मानवीय कोरिडोरको संगठनको लागि मात्र समाधान छ,” युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा भनेका छन् ।

रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार