असार २३, २०८२ सोमबार July 7, 2025

उत्तर कोरियाले गर्‍यो फेरि मिसाईल प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले फेरि एउटा संदिग्ध व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाईल कोरियाली प्रायद्धीपको पूर्वमा पर्ने एउटा समुद्रमा खसेको सो क्षेत्रका सेनाहरुले जनाएका छन् । शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो । दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन हुन केही दिनअघि मात्र उत्तरले मिसाइल परीक्षण गरेको छ ।

शनिवार गरिएको परीक्षण व्यालिस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ र जापानका प्रधानमन्त्रीको कार्यालयले जनाएका छन् ।

शनिबारको मिसाइल प्रहार प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थल रहेको क्षेत्र सुनानबाट भएको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

युक्रेनमाथि रुसी हमलाका कारण अन्तर्राष्ट्रिय समाजको ध्यान त्यतातर्फ केन्द्रित रहेको बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको जापानका रक्षामन्त्री नोबुओ किशिले बताएका छन् । सो मिसाइल ५५० किलोमिटरको उचाइमा पुगेर ३०० किलोमिटर दूरी पार गरेको जापानले जनाएको छ ।

उत्तरले गरेको प्रहारबारे छलफल गर्न दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तरको पछिल्लो मिसाइल प्रहारबारे अमेरिकी सरकार र सेनाले कुनै टिप्पणी गरिसकेको छैन् । उत्तर कोरियाको पछिल्लो परीक्षण यो वर्षको दुई महिनामा गरिएको नवौं हतियार परीक्षण हो ।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । तर, प्रतिबन्धको बेवास्ता गर्दै उत्तरले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

उत्तरको आणविक हतियार अन्त्य गर्ने विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड्र ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका वार्ता विना निस्कर्ष टुंगिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार