असार २६, २०८२ बिहिबार July 10, 2025

प्रदेश ३ को नाम वागमती राखेकोमा आपत्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश ३ को नाम वागमती राखेकोमा आपत्ती जनाएको छ।

‘विविधतायुक्त नेपाली समाजमा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जातजाति तथा अन्य समुदायहरुको पहिचान सहितको संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी मिति २०७६ साल पौष २७ गते प्रदेश नं. ३ को राजधानी हेटौडा तथा प्रदेशको नाम बाग्मती प्रदेश नामाकरण गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ राजपा नेपालका वर्तमान संयोजक महेन्द्र राय यादवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। ‘स्वायत्तता, स्वशासन, प्रतिनिधित्व, स्वाभिमान, र सम्मानको रक्षाको साथै पहिचान र पहुँच माथिको अधिकार र मर्मलाई अवमुल्यन गर्ने कार्य राष्ट्रिय एकताको मूल भावना विपरीत छ।’

राजपा नेपालले यस्ता पहिचान मेटाउने निर्णयप्रति असहमति जाहेर गर्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित
२०८२ असार २६, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँइको दैनिक राशिफल
२०८२ असार २६, बिहिबार
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार