बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रदेश ३ को नाम वागमती राखेकोमा आपत्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश ३ को नाम वागमती राखेकोमा आपत्ती जनाएको छ।

‘विविधतायुक्त नेपाली समाजमा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जातजाति तथा अन्य समुदायहरुको पहिचान सहितको संघीयताको मूल मर्म र भावनामा ठेस पुग्नेगरी मिति २०७६ साल पौष २७ गते प्रदेश नं. ३ को राजधानी हेटौडा तथा प्रदेशको नाम बाग्मती प्रदेश नामाकरण गरिएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ राजपा नेपालका वर्तमान संयोजक महेन्द्र राय यादवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। ‘स्वायत्तता, स्वशासन, प्रतिनिधित्व, स्वाभिमान, र सम्मानको रक्षाको साथै पहिचान र पहुँच माथिको अधिकार र मर्मलाई अवमुल्यन गर्ने कार्य राष्ट्रिय एकताको मूल भावना विपरीत छ।’

राजपा नेपालले यस्ता पहिचान मेटाउने निर्णयप्रति असहमति जाहेर गर्ने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया