असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ । उहाँहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ ।

सो फोनवार्ताका क्रममा उहाँहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।

उहाँहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ । यससम्बन्धी धारणा ब्लिेन्केनले चिनियाँ विदेशमन्त्री समक्षा राख्नुभएको थियो ।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताउनुभएको थियो ।युक्रेनमा रुसले गएको एक हप्तभन्दा लामो समयदेखि हमला गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने भएको बताइएको छ ।  रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार