असोज १२, २०८३ सोमबार September 28, 2026

रेशमलाल चौधरी रिहाइको माग गर्दै थारुवान राष्ट्रिय मोर्चाद्धारा आन्दोलनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पूर्ण मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको उल्लेख गरेको छ ।

थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ ।

मोर्चाले बुधबार पत्रकार सम्मेलन मार्फत घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा आगामी माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार तथा फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार