काठमाण्डौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणमा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।
त्यस्तै आज ३ सय ४८ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएको छ । हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया