काठमाण्डौंः मकवानपुरका महिला पत्रकारहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरिएको छ ।
सञ्चारिका समूह नेपाल मकवानपुरले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलवारबाट निःशुल्क सेनेटरी प्याड वितरण शुभारम्भ गरेको हो ।

मङ्गलवार पत्रकार महिलाहरूबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरिएको सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले जानकारी दिनुभयो ।
महिनावारीको समयमा महिला पत्रकारहरूलाई समाचार सङ्कलनमा असहज नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया