असार २३, २०८२ सोमबार July 7, 2025

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको छ ।

अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको खानमाथि आरोप लाग्दै आएको छ । सन् २०१८ मा सत्ता सम्हालेपछि उनले यस्तो चुनौती सामना गर्दै आएका छन् ।

६९ वर्षीय खानले गठबन्धन सरकारको नेतृत्व गरेका छन् । गठबन्धनमा उनलाई समर्थन दिएका केही  दलहरुले अविस्वासको प्रस्तावको पक्षमा मतदान गरेमा खान पदमुक्त हुनेछन् ।

खानविरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुनुअघि पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले नेतृत्व गरेको विपक्षीहरुको ह्यालीमा हजारौं सहभागीले प्रधानमन्त्री खानविरुद्ध नाराबाजी गरेका थिए । त्यसले पाकिस्तानमा राजनीतिक उथलपुथलको सम्भावनालाई संकेत गरेको थियो ।

‘२४ घन्टामा राजीनामा दिएर चुनाव सामना गर,’ पीपीपी नेता बिलवाल भुट्टो जर्दारीले प्रधानमन्त्री खानलाई लक्षित गर्दै भनेका थिए, ‘वा अविश्वासको प्रस्तावका लागि तयार होऊ ।’

३४२ सदस्य भएको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविस्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकत पर्छ । तर, विपक्षीले त्यो भन्दाबढी मत खानको विरुद्धमा रहेको दाबी गरेका छन् । ‘हामीसँग १७२ भन्दाबढी मत हुनेछ,’ पूर्वराष्ट्रपति तथा पीपीपीका नेता असिफ अली जर्दारीले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार