असार २३, २०८२ सोमबार July 7, 2025

युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्‍याएका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्धीपमा भएको युद्धबाट चीन चिन्तित रहेको   बताएको’ चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘संलग्न पक्षहरुको आवश्यकताको सन्दर्भमा चीनले फ्रान्स, जर्मनी र युरोपेली युनियनसँग सञ्चार र संयोजन गर्न र अन्तराष्ट्रिय समुदायसँग सक्रिय ढंगले काम गर्नेछ,’ मन्त्रालयले भनेको छ ।

संकटको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । विदेशमन्त्रालयका अनुसार  शान्ति वार्ता प्रबद्र्धन गर्न दुई देशले बेइजिङसँग सञ्चार र संयोजन सुदृढ गर्न दुबै देश तयार रहेको सोल्ज र म्याँक्रोले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार