मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८.२ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सात हजार ९८१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल पाँच हजार २१२ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया