मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालभर ६५ जना मात्रै कोरोना सङ्क्रमित थपिँदा १९२ संक्रमणमुक्त, मृत्यु हुनेको संख्या शून्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ५९ र एण्टीजेन विधिबाट ६ जना गरी कुल ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार ९३७ जना र  एण्टीजेन विधिबाट गर्दा एक लाख ३९ हजार ९४२ जना गरी कुल ११ लाख १७ हजार ८७९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै १९२ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ। हालसम्म नेपालमा ९ लाख ६१ हजार ७० जना संक्रमितहरु निको भएका छन्। नेपालमा काेराेना संक्रमण निकाे हुने दर ९८.३ प्रतिशत रहेकाे छ। नेपालमा सक्रिय संक्रमित ४ हजार ९१७ जना रहेका छन्।

गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ६ हजार ३०६ र एन्टीजेन विधिबाट एक हजार ६४१ जना गरी कुल ७ हजार ९४७ जनाको काेराेना परीक्षण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया