असार २३, २०८२ सोमबार July 7, 2025

रुस र युक्रेनबीच चौथो चरणको वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुस र युक्रेनबीच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानाकारी दिएका छन् । ‘फेरि । भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरु निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् ।

यसअघि युक्रेनमा जारी संकट अन्त्यका लागि रुस र युक्रेनी पक्षबीच भएका वार्तामा मानवीय सहयाेगमा विषयलाई मात्र जोड दिइएको थियो । नागरिकहरुलाई लडाइँबाट बचाउन केही कोरिडोरहरु खोल्ने पहल गर्न वार्ता उपलब्धीमूलक ठहरिएका थिए ।

युक्रेनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तालाई जोड दिँदै आएको छ । यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा विदेशमन्त्री तहमा भएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि नो फ्लाई जोन घोषणा गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग आग्रह गरेका छन् ।

पोल्याण्डको सीमानजिकै रहेको युक्रेनी सैन्य आधारमा हवाई हमलापछि रुसी सेनाले नेटोका सदस्य राष्ट्रहरूलाई चाँडै आक्रमण गर्न सक्ने जेलेन्स्कीले चेतावनी दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले युक्रेनमा भएको आक्रमणको लागि रुसलाई जवाफदेही बनाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार