असार २३, २०८२ सोमबार July 7, 2025

चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिस विदेशमन्त्री जो मानुअल अलबारेसबीच फोनवार्ता भएको छ ।उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार उहाँहरुका बीचमा द्धिपक्षीय हितका विभिन्न विषयहरुमा कुराकानी भएको थियो । उहाँहरुले पछिल्लो समयमा रुस र युक्रेनका बीचको द्धन्द्धको बारेमा पनि कुराकानी गनुभएको थियो ।

सो समाचार समितिले पछिल्लो समयमा युक्रेनमा विकसित भएको परिस्थितिका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको जनाएको छ ।त्यस्तै त्यस वार्ताका क्रममा स्पेनका विदेशमन्त्री मानुअलले हालैमात्र चीनले सफलतापूर्वक बेइजिङ विन्टर ओलम्पिकको आयोजना गरेकोमा पनि चीन सरकारलाई बधाई दिनुभएको बताइएको छ ।

उहाँहरुबीचको सो वार्ताका क्रममा चीन र स्पेनले पनि रुस र युक्रेनलाई तत्कालै युद्ध विराम गरेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्ने सहमति भएको थियो ।

रुसले युक्रेनमा गएको करिब तीन हप्तादेखि आक्रमण गरिरहेको छ । यी दुई देशबीचमा पटक पटक वार्ता भए पनि समस्या समाधानको मार्ग भने पहिचान हुन सकेको छैन । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार