असार २५, २०८२ बुधबार July 9, 2025

प्रभु साहको प्रस्ताव–नेकपा र राजपा गठबन्धनलाई निरन्तरता दिऔं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन मधेशी जनताबाट अनुमोदन भएको दाबी गरेका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपा गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । साहले यसलाई गठबन्धन अनुमोदनका रूपमा व्याख्या गर्दै निरन्तरता दिनुपर्ने बताएका छन ।

अध्यक्ष साहले भने, ‘हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावनाविपरीत भएको भन्दै विरोध गरिरहेका थिए । गठबन्धनको भोटभन्दा दोब्बर मतले जित निकाल्नु भनेको यो गठबन्धन सही भएको र प्रदेश २ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो भन्ने बुझ्न जरुरी छ ।

नेकपा र राजपामात्र नभई अन्य दलले पनि नेकपा राजपासँग मिल्ने निर्णयलाई समर्थन गरेको जिकिर गर्दै अध्यक्ष साहले राष्ट्रियसभा निर्वाचनले गठबन्धनको औचित्यको थप पुष्टि गरेको बताएका छन । अध्यक्ष साहले एक वक्तव्यमार्फत यगठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया