असार २३, २०८२ सोमबार July 7, 2025

विस्फोटमा ४ अफगान बालबालिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ ।

घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम  दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको  मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

  ल्यान्डमाइन, एन्टि-पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका  विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन् । शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए। रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया