असार २३, २०८२ सोमबार July 7, 2025

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो ।

चाइना सेन्ट्रेल टेलिभिजनले भन्यो, ‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ । ’

सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो ।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक  विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार