मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सोमबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टिः १ सय ४७ जना संक्रमणमुक्त, मृत्यु शुन्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।

सोमबार १४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ९७८ पीसीआर तथा १ हजार ७७४ एन्टिजेन परीक्षण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया