कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

डेढ महिनामा सकियो ‘ह्यारी कि प्यारी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः डा. कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरिएको छ । साँढे दुई दशकदेखि लण्डनमा दन्त चिकित्सकका रुपमा स्थापित डा. रिजालले लण्डन र नेपालमा विभिन्न छोटा फिल्म तथा म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।

निर्देशक डा. रिजालले कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिनापछि इन्ड क्ल्याप गरिएको बताए । डा. रिजाल स्त्री रोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा हुन् ।

फिल्म काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा खिचिएको छ । ‘पारिवारिक कथामा बनाइएको फिल्म सिचुएसनल कमेडीमा आधारित छ’, निर्देशक डा. रिजालले भने । फिल्म बिआर प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

फिल्ममा जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा निर्देशक डा. रिजालको कथा, डा. रिजाल, सुदीप बराल, गिरीराज घिमिरे र अभिमन्यू निरवीको पटकथा तथा संवाद, डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, कविराज गहतराजको कोरियाग्राफी, सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।

डा. रिजालले अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज
२०८३ कार्तिक १२, बिहिबार
मौसमी वर्षाको डरले बाँके र दाङका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
२०८३ कार्तिक १२, बिहिबार
सिंगा-तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
२०८३ कार्तिक १२, बिहिबार
एनपीएल : पहिलो जितको खोजीमा जनकपुर र काठमाडौं, दोस्रो जितको लक्ष्यमा कर्णाली
२०८३ कार्तिक १२, बिहिबार
रेल दुर्घटना पछि स्पेनिस कपका राेकिए २४ वटा खेल
२०८३ कार्तिक १२, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक १२, बिहिबार
न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीशको संवाद
२०८३ कार्तिक १२, बिहिबार