असार २४, २०८२ मंगलबार July 8, 2025

सङ्क्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको परिपालना अनिवार्य : अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताउनुभएको छ ।

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्र्रह गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको आँैल्याउनुभयो । विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ सङ्क्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताउनुभयो ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने औँल्याउनुहुँदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन कार्यालयका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिड–१९ सङ्क्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा भएको प्रयास प्रशंसनीय रहेको बताउँदै अझै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताउनुभयो ।

नेपालमा कोभिड–१९ सङ्क्रमणको दर घटे पनि जोखिम अझै कायम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिनुहुँदै उहाँले खोप लगाएपछि कोभिडको कारण ज्यान जाने सम्भावना कम हुने भएकाले निर्धक्कपूर्वक खोप लगाउन आग्रह गर्नुभयो ।

मधेस प्रदेशसभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले नेपालमा ६४ प्रतिशतले पूर्ण र ७५ प्रतिशतले एक मात्रा डोज खोप लगाएको जानकारी दिनुभयो ।

लक्षित वर्गलाई शत्प्रतिशत खोप लगाउन खोप अभियानलाई तीव्र गति दिनुपर्नेमा उहाँको जोड थियो । मधेस प्रदेशसभाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्व र जनस्वास्थ्यको सवालमा जनप्रतिनिधिहरुको भूमिका, संयन्त्र स्थापना तथा सञ्चालन, कोभिड–१९ महामारीको सन्दर्भमा जनस्वास्थ्यका मापदण्डहरुको वैज्ञानिक कारण र खोप अभियानमा प्रदेशसभा सदस्यहरुको भूमिका लगायतका विषयमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. राधिका थपलिया, शिला श्रेष्ठ, डा. आलिसन गोकोटानो, डा. शीतल अधिकारी लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार