असार २३, २०८२ सोमबार July 7, 2025

नाइजेरियाको सत्तारुढ दलमा नयाँ नेतृत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नाइजेरियाको सत्तारुढ दल अल प्रोग्रेसीभ कंग्रेस पार्टीमा नयाँ नेतृत्व चयन गरिएको छ ।

आगामी सन् २०२३ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि पार्टी भित्रको विवाद कम गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको अधिकारीहरूले जनाएका छन् ।

वर्तमान राष्ट्रपति मोहम्मद बुहारीलाई विस्थापित गर्नेगरी नयाँ उम्मेदवार छनौट गर्ने तयारीमा सत्तारुढ दल रहेको छ ।

राष्ट्रपति बुहारी सन् २०१५ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।

झण्डै एक हप्ता लामो आन्तरिक छलफल र कसरतपछि पार्टीका बरिष्ठ नेता अब्दुल्लाही अडामुलाई पार्टीको नेतृत्व दिने सहमति भएको हो । उहाँलाई वर्तमान राष्ट्रपति बुहारीको समेत समर्थन रहेको छ ।

पार्टीमा नेतृत्व संकट टरेको र आपसी विवाद पनि अव अन्त्य हुने उहाँले दावी पनि गर्नु भएको छ ।

सबैभन्दा धेरै जनसङ्ख्या रहेको अफ्रिकी मुलुक नाइजेरियामा राष्ट्रपति बुहारीप्रति असन्तुष्टि जनाउदै यसअघि देखि नै विकल्पको खोजी भइरहेको थियो । नयाँ नेतृत्वका लागि थुप्रै प्रभावशाली नेताहरूले कसरत गरेका थिए ।

राजधानी अुबजामा भएको हजारौँ सहभागी सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएपछि मुलुकको राजनीतिले नै स्पष्ट मार्ग समात्ने अपेक्षा गरिएको छ ।रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया