मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३१९ सङ्क्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ११ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ३१९ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । साथै सक्रिय सङ्क्रमित संख्या एक हजार २५४ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया