असार २४, २०८२ मंगलबार July 8, 2025

गणपुरक संख्या नपुगेपछी मधेस प्रदेशसभा बैठक विहिबारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गणपूरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगन भएको छ। १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगन भएको हो। अब अर्को बैठक बिहीबार ११ बजे बोलाइएको छ।

बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।

एमाले सांसद किशोरी साह ‘कमल’ले धेरै दिनको ग्यापमा बस्ने प्रदेशसभा बैठकमा सांसद उपस्थित नभएपछि आपत्ति जनाए।

उनले सम्बन्धित मन्त्रीको विधेयक रहे पनि छलफलपछि जवाफ दिनुपर्नेमा मन्त्रीहरू पार्टीको कार्यक्रममा व्यस्त हुने गरेको बताए।

यसअघि पनि बसेको प्रदेशसभा बैठकमा सांसद बढी अनुपस्थित हुने गरेका छन्। गत सोमबार बोलाइएको बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार