काठमाण्डौः बुधबार सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । सन् २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको थियाे ।
१२औँ सातामा नेप्सेकाे बुधबारकाे करेक्सन रेकर्ड ताेडिएकाे हाे । आज नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । काराेबार भएका १३ वटै उपसमूह उकालाे लाग्दा लगानीकर्ता उत्साहित छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेकाे छ । नेप्से १.६१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा झरेकाे छ ।
कूल २३२ वटा कम्पनीकाे ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया