मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हिमाली जिल्ला मुगुका २८ हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिने भएको छ । दुर्गम जिल्ला मुगुमा २८ हजार ७ सय ८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने भएको हो ।

नेपाल सरकारले राष्ट्रिय अभियान कै रूपमा देशभर आगामी चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा  जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम आगामी चैत २५ गते देखि वैशाख ८ गतेसम्म राष्ट्रिय अभियानकै समयमा जिल्लाका १ सय ५८ वटा विद्यालयमा जम्मा २१ हजार १ सय १६ विद्यार्थी र ७ हजार ६ सय ६७ विद्यालय बाहिरका १५ महिना देखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय मुगुका ब्यवस्थापक उमेश गौतमले जानकारी दिए ।

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ ।  र बाकी स्वास्थ्य संस्थाहरू गरि जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए ।

 छायाँनाथ रारा नगरपालिकामा १० हजार ,३ सय ३४ , मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७ ,सोरु गाउँपालिकामा ८ हजार १ सय ९८  र खत्याड गाउँपालिकामा ८ हजार १ सय ६४ जना बालबालिकालाई टाईफाइृट विरुद्ध खोप लगाइने जनाईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया