मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा कोरोना सक्रिय संक्रमितको सङ्ख्या ८ सय ४२ मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना सङ्क्रमणको दर घटेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ४२ रहेको छ ।

आज ३३ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ५ हजार ५९ नमुनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८९ जनाले सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया