भाद्र ३, २०८३ बुधबार August 19, 2026

सुदूरपश्चिम प्रदेशसभाः आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर आज राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराउनुभयो । यही चैत १३ गते हिउँदे अधिवेशन शुरु भएको थियो । यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ ।

पर्याप्त काम (बिजनेश) नहुँदा प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो । आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र आर्थिक मामिलामन्त्री तारालामा तामाङले छुट्टाछुट्टैरूपमा मन्त्रालयको कामसँग सम्बन्धित विषयमा उठाइएका जिज्ञासाका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।

बैठकको प्रारम्भमा दिइएको शून्य समयमा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, कुन्ती जोशी, महेशदत्त जोशी र रतन थापाले प्रदेशका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमतीमा एमालेलाई मुख्यमन्त्री, नेकपालाई सभामुख र राप्रपालाई तीन मन्त्रालयको भागवण्डा
२०८३ भाद्र ३, बुधबार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
२०८३ भाद्र ३, बुधबार
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार