बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

नेकपा को केन्द्रीय समिति बैठक राजधानीमा सुरु,सरकारी टेलिभिजनबाट ‘लाइभ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ । राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बसेको हो । बैठकको सुरुमै सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्ने बताएका छन् ।

सरकारी टेलिभिजनबाट ‘लाइभ’

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनलाई सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
कम्युनिस्ट पार्टीको आन्तरिक बैठक गोप्यरुपमा हुने प्रचलन भएता पनि नेकपा बैठकमा अध्यक्ष ओलीको सम्वोधन सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा केन्द्रीय सदस्यहरु सामु सरकारले केके उपलब्धीहरु हासिल गरेको छ भन्ने विववरण प्रस्तुत गर्दै सरकारको बचाऊ गरेका छन् ।

नेकपाको जम्बो केन्द्रीय कमिटीमा सरकारको तीव्र आलोचना हुने सम्भावना देखिएपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले टेलिभिजमार्फत नै सरकारको बचाऊ गरेका हुन् ।

के–के हुन्छ बैठकमा

बैठकमा सहभागिताका लागि अधिकांश केन्द्रीय सदस्य राष्ट्रियसभा गृहमा भेला भएका छन् । हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ ।

बैठकमा आजै अर्का अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने तयारी नेकपाको छ । केन्द्रीय समिति जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।

नेकपा स्रोतका अनुसार, बैठक आगामी माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन गर्दै मन्त्रालय
२०८३ बैसाख १८, शुक्रबार
विश्वकप लिग–२मा नेपालले दियो युएईलाई २९० रनको लक्ष्य
२०८३ बैसाख १८, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहले दिए बुद्धजयन्तीमा शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार