पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु हुन लागेको र त्यसको नतिजा आएपछि मात्र निर्वाचन गर्न सकिने आयोगले संकेत गरेको छ ।
सातौं जनगणना १ अगस्टबाट सुरु हुने र त्यसको नतिजा यस वर्षको ३१ डिसेम्बरसम्ममा आउने योजना, विकास र विशेष पहल मन्त्रालयबाट १८अप्रिलमा पत्र प्राप्त गरेको आयोगले एक विज्ञप्तिमा उल्लेख गरेको छ । तसर्थ, नयाँ जनगणनाको आधारमा निर्वाचन गराउन आफू संवैधानिक रूपमा बाध्य हुने आयोगले प्रष्ट पारेको छ । यसअघि सन् २०१७ मा जनगणना भएको थियो ।
शहबाज खान नेतृत्वको वर्तमान सरकारले भने चुनावबारे केही बताएको छैन् । एजेन्सी
प्रतिक्रिया