मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, १७ संक्रमित डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६६ पीसीआर परीक्षणका क्रममा ४ जना र १ हजार १४८ एन्टिजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना निको भएका छन् । हाल नेपालमा २ सय ३० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर ७४ हजार ६४६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया