असार २५, २०८२ बुधबार July 9, 2025

राज्यमन्त्री झालाइ पुरानै जिम्मेवारीमा ल्याउने संसदिय दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रदेश २ को भौतिक पुर्वाधार विकास राज्यमन्त्री पदबाट राजिनामा दिएकी डा.  डिम्पल झालाई पुनः जिम्मेवारीमा ल्याउन राजपाले पहल तिव्र पारेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको बुधवार बसेको  वैठकले राज्यमन्त्री झाको राजिनामा आक्रोश र असन्तुष्टिको कारण आएको भन्दै  राजिनामा फिर्ता गराउने निर्णय गरेको हो ।

राजपाका प्रमुख सचेतक परमेश्वर साहले राज्यमन्त्री झाकाे राजिनामा फिर्ता गराई पुनः जिम्मेवारीमा ल्याउन राजपा संसदीय दलका नेता एवं प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई जिम्मेवारी तोकिईएको जानकारी दिए ।

राज्यमन्त्री झाले आफ्नै मन्त्रालयका मन्त्री जितेन्द्र सोनलसँगको असन्तुष्टि र कुनै जिम्मेवारी नदिएको भन्दै मंगलवार एकाएक राजिनामा दिए पनि अहिलेसम्म उनको राजिनामा पत्र मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया