असार २३, २०८२ सोमबार July 7, 2025

मानव बेचबिखन आरोपमा दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको हो ।

एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले छापा मारेको थियो । ललितपुरका एसएसपी टेकप्रसाद राईले अभियोगबारे थप अनुसन्धान गर्नुपर्ने भएपछि खड्कासहित ३ जनालाई गत शुक्रबार नियन्त्रणमा लिएको बताएका छन।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् ।

एसएसपी राईका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

वडाध्यक्ष पक्राउबारे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने मौनता साधेका छन् । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले खड्का घुम्न निस्केको जानकारी आफूले पाएको बताएका छन । ‘केही दिनदेखि वडाध्यक्ष खड्का सम्पर्कमा हुनुहुन्न । घुम्न गएको सुनेको हुँ । तर पक्राउबारे केही थाहा छैन’, वडाध्यक्ष खड्का पक्राउबा जिज्ञासामा मेयर बस्नेतले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया