असार २३, २०८२ सोमबार July 7, 2025

बुर्किना फासोमा एम्बुस आक्रमण एघारको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बुर्किना फासोको उत्तरी क्षेत्रमा दुईवटा एम्बुस आक्रमणमा परी एघार जनाको.मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

बिहीबार सोले सहरनजिकै भएको पहिलो हमलाले सेनालाई सहयोग गर्ने दुई सैनिक र चार सर्वसाधारणको मृत्यु भएको थियो ।

ओआनोबेमा सोही दिन अर्को आक्रमणमा पाँच अर्धसैनिक सेनाको मृत्यु भएको थियो, सेनाले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा जानकारी दिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया