असार २३, २०८२ सोमबार July 7, 2025

तान्जानियामा नौ महिनामा सडक दुर्घटनामा एक हजारभन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः जुलाई २०२१ देखि मार्च २०२२ सम्म भएका १,५९४ सडक दुर्घटनामा कम्तीमा १,१९१ जनाको मृत्यु भएको  एक क्याबिनेट मन्त्रीले बिहीबार संसद्मा बताएका छन् ।

सोही अवधिमा सडक दुर्घटनामा २ हजार १३९ जना घाइते भएको गृहमन्त्री हमाद युसुफ मसौनीले जानकारी दिए । जुलाई २०२० देखि मार्च २०२१ सम्म १,२२८ सडकबाट ९९९ जनाको मृत्यु भएको थियो।

जुलाई २०२० र मार्च २०२१ को बीचमा, १,२२८ सडक दुर्घटनाहरूमा ९९९ व्यक्तिको मृत्यु भएको थियो जसमा १,५८९ जना घाइते भएका थिए ।  मन्त्री मसौनीले राजधानी डोडोमाको सदनलाई २०२२-२०२३ आर्थिक वर्षको लागि आफ्नो मन्त्रालयको बजेट प्रस्तावहरू प्रस्तुत गर्दा सो कुरा उल्लेख गरेका हुन् ।

‘यस तथ्याङ्कले ३६६ सडक दुर्घटनामा वृद्धि भएको देखाएको छ जुन २९ दशमलव ८ प्रतिशतले बढेको छ,’ मन्त्रीले भने । उनका अनुसार अधिकांश दुर्घटना लापरबाही, खराब सवारी साधन र खराब सडकका कारण हुने गरेको छ ।

मसौनीले सडक दुर्घटनामा संलग्न रहेको भन्दै कारबाहीस्वरुप प्रहरीले ८७ चालकको सवारी चालक अनुमतिपत्र खारेज गरेको र १४१ चालकको विभिन्न अवधिको सवारी चालक अनुमतिपत्र निलम्बन गरेको पनि बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया