मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री राजपक्षेले पदबाट राजीनामा दिएका हुन् । उनले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाएका हुन् ।

देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र उनको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।

श्रीलंका सरकारले हाल देशमा संकटकाल लागू गरेको छ। स्थानीय मीडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षेसँग राजीनामा दिन अनुरोध गरिएको थियो। जसलाई उनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

श्रीलंकामा क्याविनेटले प्रधानमन्त्री राजपक्षेले देशको खराब आर्थिक अवस्थालाई सम्हाल्न असफल भएका कारण राजीनामा दिएको जनाएको छ। उनको राजीनामा सँगै मन्त्रिमण्डल भंग भएको छ ।

श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको ठूलो मात्रामा कमी रहेको छ । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको छ । आर्थिक स्रकट चुलिएसँगै श्रील्रकाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार