असार २३, २०८२ सोमबार July 7, 2025

दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युन सुक योलले दक्षिण कोरियाको राष्ट्रपतिको सपथ लिएका छन् । राजधानी सीउलको नेसनल एसेम्बलीमा आयोजित एउटा विशाल समारोहमा योलले दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।

आणविक हतियार सम्पन्न उत्तर कोरियासँग तनाव बढिरहेका बेला योलले सपथ लिएका हुन् । ‘म जनतासामु गम्भीरताका साथ सपथ लिन्छु कि म राष्ट्रपतिको कर्तव्यहरू इमानदारीका साथ पूरा गर्नेछु’, सपथमा उनले भने । छिमेकी प्योङयाङसँग कडाइ गर्ने उनले प्रतिबद्धता जनाएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया