असार २४, २०८२ मंगलबार July 8, 2025

हवानाको होटलमा भएको विस्फोटमा परी थप १२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२ जनाको ज्यान गएको बताएका छन् ।

सो विस्फोटमा परेर ३० जनाको ज्यान गएकामा सोमबार र मंगलबार थप १२ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको जन स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयले दिएको जानकारी अनुसार यहाँका अरु ९६ जना अझै पनि घाइते भएका छन् । केही दिन अघि सो होटलमा त्यहाँ रहेको ग्याँस सिलिण्डर विस्फोट भएको थियो । सो विस्फोट पछि यहाँ आगलागी पनि भएको थियो ।

आगलागीबाट होटलमा क्षति पुगेको छ भने यहाँका कर्मचारीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा अहिलेसम्म ४२ जनाको ज्यान गएको र अरु ९६ जना घाइते भएका छन् । ती मध्ये १३ जना युवा र अरु पाँच जना बालबालिका अझै पनि अस्प्ताल भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया