असार २५, २०८२ बुधबार July 9, 2025

संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार संसदीय मामिला पत्रकार समाजले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले भने ।
सदनलाई जीवन्त बनाउनका लागि सबै पक्षसँग छलफल र संवाद गरेर जाने उनले बताएका छन । ‘ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ । सबैसित अन्तर्क्रिया छलफल गर्छु’ सापकोटाले भने ।

डबल स्टयान्डर्ड मन पर्दैन

सभामुख सापकोटाले आफूलाई डवल स्ट्याण्डर्ड ९दोहोरो चरित्र० मन नपर्ने पनि बताएका छन ।

१५ बर्षको अध्यापन, जनयुद्धमा सहभागी र त्यसपछिको १२ बर्ष खुला राजनीतिमा पार्टी प्रवक्ताको जिम्मेवारी लगायतको भूमिका निर्वाह गरेको भन्दै उनले आफ्नो जीवन खुला किताबजस्तो भएको बताएका छन ।

कार्यक्रममा संसदीय पत्रकारले लवि रिपोर्टिङको व्यवस्थाको माग गरेका छन । जवाफमा सभामुख सापकोटाले त्यसबारे छलफल गर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया