काठमाण्डौंः स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।
काँग्रेसबाट उम्मेदवार बन्नुभएका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी हुनुभएको हो ।
उपप्रमुखमा पनि काँग्रेसकै सङ्गीता सुवेदी विजयी हुनुभएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले) का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार ७२५ मत प्राप्त गर्नुभएको थियो ।
पन्ध्र वडा रहेको कोहलपुरमा काँग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं।३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया