काठमाडाैैंः काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार रामजी भण्डारी एमाले उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका छन्।
भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरे। त्यसैगरी सदस्यमा एमालेका तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन्। महिला सदस्यमा कांग्रेसका तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजयी भए।
त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय भएका छन्। केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन्। अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कार्कीले २ हजार ९५३ मत प्राप्त गरे।
सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन्। महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजयी भएकी छन्। दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित भएकी छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया