असार २४, २०८२ मंगलबार July 8, 2025

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार सुडी र उपप्रमुखमा कांग्रेसका साह विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी र उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साह विजयी हुनुभएको छ ।

अहिले केही बेरअघि सार्वजनिक अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार साह झन्डै चार हजारको मतान्तरले निर्वाचित हुनुभएको हो । नगरप्रमुखमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह (हिरा) ले नौ हजार ५३२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

यस्तै लोसपाका मनोज चौधरीले पाँच हजार ३६० मत ल्याउँदा निवर्तमान नगरप्रमुख तथा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले पाँच हजार १९४ मत ल्याउनुभयो ।

यसैगरी उपप्रमुखमा कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुना झाले १० हजार ८८५ मत ल्याउनुभयो ।

यस्तै निवर्तमान उपप्रमुख रिताकुमारी मिश्रले पाँच हजार ८१७ मत मत ल्याउनुभयो । योसँगै धनुषाको १८ वटै पालिकाको मतगणना सकिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार