काठमाण्डौंः मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको थियो ।
नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।
जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने कांग्रेस ६ र राप्रपाले दुई पालिकामा जित हासिल गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया