असार २४, २०८२ मंगलबार July 8, 2025

जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, “जनस्तरमा कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय तहको निर्वाचनले गरेको छ, यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो उपलब्धि र सफलता प्राप्त गरेको छ, अब आमनिर्वाचनको घोषणा हुन्छ, समय धेरै छैन, त्यसैले आजैदेखि त्यसको तयारीमा लाग्नुस् ।”

एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको उनको भनाइ थियो ।

महामन्त्री थापाले अबको आमनिर्वाचनमा भक्तपुरको उम्मेदवार चयनमा पार्टीले कुनै कमजोरी नदोहोर्याउने र भक्तपुरले रोजेकै व्यक्तिलाई टिकट दिने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको गर्नुपर्ने कामलाई कुनै पार्टी विशेष भनेर विभेद नगरी काम गर्न र गर्न नहुने काम कुनै पनि नगर्न निर्देशन दिए ।

महामन्त्री थापाले भने, “अब स्थानीय तहको जनप्रतिनिधिको मूल्याङ्कन पार्टीले गर्छ, तपाई मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईले गर्नुपर्ने कति काम गरे र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्याङ्कन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्याङ्कन रिपोर्ट कार्डको व्यवस्था गरेको छ ।” नागरिकका हक, जवाफदेहिता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पुर्याउन जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले पार्टीबाट विज्ञ, व्यवस्थापन एवं अन्य माग भएका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने सबैलाई कारबाही सुरु गर्ने बताए । कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निर्वाचित जीवन खत्रीले पार्टीको निर्देशन र सङ्कल्पअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसअवसरमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाबाट निर्वाचित ६५ जना जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार